२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने- 'मेरो पद अर्को संसदीय निर्वाचन पछि मात्रै जान्छ'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सरकारको पछिल्लो काम कारबाहीको बारेमा संसदलाई जानकारी गराएका छन् ।

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने- 'मेरो पद अर्को संसदीय निर्वाचन पछि मात्रै जान्छ'

उनले बैठकमा बोल्दै सरकारले आलोचनालाई स्वागत गर्ने तर आलोचनाको नाममा प्रतिगमनलाई समर्थन गर्ने कुरालाई भने आफू र आफ्नो सरकारले स्वीकार नगर्ने बताएका छन् ।


'कसैले चिहानमा गएर हड्डी फुक्दैमा गएको व्यवस्था फर्किँदैन,' उनले भने, 'सबैको पद जान्छ । मेरो पनि पद जान्छ । तर अर्को निर्वाचन पछि मात्रै जान्छ । त्यो भन्दा अगाडि नै जान्छ भनेर कसैले नसोचे हुन्छ ।'


प्रधानमन्त्री ओलीले अहिले सरकारको सम्पूर्ण ध्यान विकास निर्माणमा केन्द्रित रहेको पनि बताएका छन् । सरकारले विकास ध्यान दिए पनि सरकारले केही गरेन भन्नेहरुलाई उनले व्यंग्य पनि गरेका थिए ।


'केही भएन भन्दा पनि आर्थिक वृद्धिदर ७ प्रतिशत बढीको छ । यो नेपालको रेकर्ड हो । यो अर्को वर्ष झनै बढ्छ । यो वर्ष १४०० किलोमिटर पीच भयो भन्दा पनि केही भएन भन्नेहरुका लागि अर्को वर्ष १५०० किलोमिटर बनाउँला,' उनले भने ।


यस्तै मेलम्चीका बारेमा पनि उनले व्यंग्यात्मक रुपमा आफ्नो भनाइ राख्दै एउटा ठेगदार भाग्दै सरकार नै भागे जसरी कराउन नहुने बताएका थिए । 'एउटा ठेगदार भागेको हो । सरकार भागेको होइन । मेलम्चीको पानी कसरी छिटो लिएर आउने भनेर सरकारले काम गरिरहेको छ,' उनले भने ।

प्रकाशित : भाद्र १, २०७६ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?