पहिलो वडा संघ गठन

बागलुङ — नेपालमै पहिलो पटक जिल्लास्तरीय वडा संघ गठन गरिएको छ । ट्रेड युनियनको खारेजीको चर्चा चलेकै समयमा वडाध्यक्ष र सदस्य मिलेर संघ गठन गरेका हुन् ।

अधिकार र साधन स्रोतका लागि बार्गेनिङ गर्न संघ गठन भएको टिप्पणी समेत सुरु भएको छ । जिल्लाका ८५ वटा वडाध्यक्ष र वडा सदस्यको भेलाले गणेशबहादुर थापाको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा नारायण शर्मा पौडेल, सचिवमा खड्गबहादुर थापा र कोषाध्यक्षमा कुबिर बिक चयन भएका छन् ।


नेपाल सरकारले तयार पारेको वरियता क्रममा वडाध्यक्षको भूमिका नराखेको, केन्द्रीकृत शासन व्यवस्थाले वडा सञ्चालन गर्न कठिन भएको र जिम्मेवारी भने थपिएकोले समन्वयका लागि संघ बनाएको थापाले बताए ।


गठित समितिले वडासमितिबीच समन्वय गर्ने, सेवा प्रवाहलाई चुस्त बनाउने, वडाको आर्थिक अधिकार सार्वजनिक सेवा प्रवाह सम्बन्धी अधिकारलाई संस्थागत गर्ने र स्थानीय नेतृत्वको विकास गर्ने उद्देश्य राखेका छन् ।

संघीय व्यवस्था तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उनीहरुको प्रथम भेलाको शनिबार उद्घाटन गरे । मन्त्री पण्डितले वडा अध्यक्षहरुलाई संघ बनाएर विकासको अगुवाई गर्न आग्रह गरे । राजनीति र भ्रष्टाचारलाई संस्थागत गर्न भने छुट नभएको बताए । उनले डोजर साहु बन्ने की सच्चा वडाध्यक्ष बन्ने रोज्ने बेला आएको समेत टिप्पणी गरे ।

प्रकाशित : भाद्र १, २०७६ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?