रविसहित तीन जना विरुद्ध किटानी जाहेरी

काठमाडौँ — आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी श्रीमती सम्झना घिमिरेले कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएकी छिन् । सम्झनाले प्रहरी परिसर काठमाडौंमा आफ्नो श्रीमानको आत्महत्यामा तीनैजना दोषी रहेको दाबी गर्दे अनुसन्धानका लागि जाहेरी दिएकी हुन् ।

रविसहित तीन जना विरुद्ध किटानी जाहेरी

आइतबारै परिसरले उक्त जाहेरी जिल्ला प्रहरी कार्यालय चितवन पठाउने तयारी थालिसकेको छ ।

बिहीबार नै चितवन प्रहरीले रविसहित तीनै जनालाई अनुसन्धानका लागि भन्दै अदालतबाट अनुमती लिएर पाँच दिनका निम्ति थुनामा राखेको छ ।

रविका सर्मथकहरुले भने उनलाई फसाउन खोजिएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि निरन्तर प्रर्दशन गर्दै आइरहेका छन् ।

यो पनि पढ्नुहोस्ः

कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ

प्रकाशित : भाद्र १, २०७६ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?