कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एसएसपी विरुद्ध फेसबुकमा लेख्ने पक्राउ 

काठमाडौँ — प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी विरुद्ध सामाजिक सञ्जाल फेसबुकमा अमर्यादित र भ्रामक कुरा लेखेको आरोपमा रिदम विसी भनिने शंकर बिक पक्राउ परेका छन् ।

एसएसपी विरुद्ध फेसबुकमा लेख्ने पक्राउ 

उनले संचारकर्मी रवि लामिछानेलाई फसाउने भ्रष्ट पुलिस यही हो भन्दै फेसबुकमा लेखेका थिए ।


परिसरले जिल्ला प्रहरी कार्यालय आछामलाई पत्राचार गरेर उनलाई पक्राउ गरेको हो । आइतबार नै उनलाई अछामको मंगलसेनबाट काठमाडौं पठाइएको छ ।


प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले उनीमाथि विद्युतीय कारोबार ऐन अर्न्तगत मुद्दा चलाउने कि गालीगलौज ऐन अर्न्तगत भन्ने प्रस्ट भइनसकेको बताए । बयानपछि उसले कस्तो प्रतिक्रिया दिन्छ त्यसैका आधारमा के गर्ने भन्ने निर्णय गरिने उनले बताए ।

प्रकाशित : भाद्र १, २०७६ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?