२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अरुण खोलामा डाइभर्सन बगाउँदा १६ घण्टादेखि महेन्द्र राजमार्ग ठप्प, हजारौं यात्रु जंगलमा अलपत्र 

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीस्थित महेन्द्रराजमार्गको अरुण खोला पुल भाँचिएका कारण बनाइएको डाइभर्सन सडक बाढीले बगाएका कारण अवरुद्ध रहेको महेन्द्र राजमार्गमा १६ घण्टादेखि यातायात ठप्प भएको छ । 

अरुण खोलामा डाइभर्सन बगाउँदा १६ घण्टादेखि महेन्द्र राजमार्ग ठप्प, हजारौं यात्रु जंगलमा अलपत्र 

राजमार्ग ठप्प हुँदा महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका हजारौ यात्रु अरुणखोलादेखि पूर्व र पश्चिमको जंगलमा अलपत्र छन् ।


आइतबार साँझ ५ बजेपछि लगातारको वर्षात्का कारण अरुण खोलामा आएको बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो ।


पुलमा क्षति भएपछि राजमार्ग खुलाउन बनाइएको अस्थायी डाइभर्सन सडक खण्ड बाढीले बगाएका कारण महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका यात्रु अरुणखोलमा अलपत्र परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।


बाढीले ह्युमपाइपमाथि राखिएको ग्राभेल बगाउँदा यातायात ठप्प भएको हो । पानीको सतह पूरै घटेपछि अवस्था हेरेर यातायात खुलाउन पहल गर्ने डिभिजन सडक कार्यलय बुटवलले जनाएको छ ।


६ दिनअघि अरुण खोला पुलमा गाडी ठोक्किएका कारण पुल भाँचिएपछि ३ दिनमा वैकल्पिक सडक बनाएर आवागमन खुलाइएको थियो ।

प्रकाशित : भाद्र २, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?