२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पौडेललाई आपसी खिचातानी छाड्न गच्छदारको आग्रह

काठमाडौँ — कांग्रेस उपसभापति विजय गच्छदारले पार्टीको विवाद समाधानका लागि अडान छोड्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । पौडललाई भेट्न बिहीबार बिहान बोहोराटार पुगेका गच्छदारले समस्या समाधानका लागि आपसी खिचातानीभन्दा मिलेर अगाडि बढ्न नेता पौडेललाई आग्रह गरेका हुन् । 

पौडेललाई आपसी खिचातानी छाड्न गच्छदारको आग्रह

'पार्टीको समस्या समाधानका लागि आपसी खिचातानीभन्दा पनि मिलेर अगाडि बढौं,'गच्छदारलाई उद्धृत गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, 'पार्टी कमजोर भएको बेला एकीकरण भएमात्र विपक्षीलाई तह लगाउन सकिन्छ ।'


पौडेललाई भेटेलगत्तै गच्छदार सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठतर्फ लागेको प्रवक्ता शर्माले जानकारी दिए । कांग्रेसमा देखिएको विवाद समाधानका लागि वार्ता समितिले अनौपचारिक वार्ता समितिले छलफल जारी राखेको बेला अन्य नेताहरुले पनि नेतृत्वलाई दबाब दिन थालेका छन् ।


प्रवक्ता शर्माका अनुसार नेताहरु प्रदीप गिरी, नरहरि आचार्यले पनि बिहीबार नै देउवा र पौडेललाई भेट्दैछन् ।

कांग्रेस १४ औं महाधिवेशनको कार्यतालिका, नेपाल विद्यार्थी संघको महाधिवेशन आयोजक समिति गठन, तरुण दलको म्याद थप र कार्यसमिति विस्तार तथा विभाग गठनलगायत विषयमा विवादमा रुमल्लिइरहेको छ ।


यो पनि

प्रकाशित : पुस ३, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?