१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

श्रीलंकामा एमसीसी रोक्का

काठमाडौँ — नेपालसँगै पाउन लागेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को प्रस्तावित सहयोगलाई श्रीलंकाले तत्कालका लागि रोक्का गरेको छ ।

श्रीलंकन सरकारका प्रवक्ताले विस्तृत अध्ययन गरेर मात्रै निर्णय हुने बिहीबार मिडियालाई बताएका छन् । ‘विज्ञ समूहले एमसीसीबारे अध्ययन गरेर मात्रै प्रक्रिया अघि बढाउँछौं,’ उनले भने । सरकारले एमसीसीबारे अध्ययन गर्न कोलम्बो विश्वविद्यालयका अर्थशास्त्र विषयका प्राध्यापक ललिथश्री गुनवारुवनको संयोजकत्वमा कार्यदल बनाएको छ ।


उच्च अदालतमा स्वतन्त्रता र सार्वभौमिकतामा एमसीसीले आघात पार्न सक्ने भन्दै रिट दायर भएपछि यो सहयोगका बारेमा विवाद चर्किएको थियो । श्रीलंकाको भूमि तथा यातायात व्यवस्थापनका लागि एमसीसीले ४ सय ८० मिलियन डलर सहयोग प्रदान गर्ने टुंगो भइसकेको थियो ।


नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसीसीबीच ५ वर्षअघि भएको विकास साझेदारको यो योजनामा नेपालका लागि ५ सय मिलियन डलर (झन्डै ५५ अर्ब रुपैयाँ) को बजेट निर्धारण गरिएको छ ।


प्रकाशित : पुस ४, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?