कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद्को हिउँदे अधिवेशन आजबाट, नयाँ कार्यसूची प्रस्तुत नहुने

काठमाडौँ — संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अपरान्ह ४ बजे आव्हान गरेकी हुन । 

संसद्को हिउँदे अधिवेशन आजबाट, नयाँ कार्यसूची प्रस्तुत नहुने

अधिवेशन सुरु भएपछि प्रतिनिधिसभा बैठकमा राष्ट्रपति भण्डारीबाट अधिवेशन आहृवानका लागि प्राप्त पत्र पढ्ने कार्यसूची तय भएको छ । त्यसपछि सभामुख कृष्णबहादुर महराले पदबाट दिएको राजीनामा पढेर जानकारी गराइने कार्यसूची रहेको महासचिव मनोहरप्रसाद भट्टराईले बताए । लगत्तै अघिल्लो अधिवेशन अन्त्य भएपछि निधन भएका ४ पूर्व सांसदको मृत्युमा शोक प्रस्ताव पारित गरिनेछ ।


असोज २ गते अघिल्लो अधिवेशन अन्त्य भएपछि पूर्वसांसदहरू हरि वैरागी दाहाल, रामेश्वर ढुंगेल, रामलखन महतो र कमला सुवेदीको निधन भएको थियाे ।


२०५१ को निर्वाचनका प्रतिनिधिसभा सदस्य दाहालको असोज ३ गते, २०७० को दोस्रो संविधानसभा सदस्य सुवेदीको कात्तिक ९ गते, २०५१ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यको कात्तिक १५ गते र दोस्रो संविधानसभका सदस्य रामेश्वरप्रसाद ढुंगेलको पुस १ गते निधन भएको थियो ।


बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति कार्यालयले पठाएको पत्र पनि पढेर सुनाइने कार्यसूची रहने तर, दलका नेताहरूले बोल्ने नबोल्ने विषय दिउँसो १ बजे बस्ने कार्यव्यवस्था परामर्श समिति बैठक वा दलहरूबीचको अनौपचारिक बैठकबाट निश्चित हुने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित : पुस ४, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?