कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

नेकपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ — प्रमुख सत्तारुढ दल नेकपा संसदीय दलको शुक्रबार बैठक बस्दै छ । दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरमा बस्ने उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

नेकपा संसदीय दलको बैठक बस्दै

उनका अनुसार अपराह्न ४ बजेबाट सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा सांसदहरुलाई जानकारी गराइने छ ।


नेकपामा संसदकाे एउटा अधिवेशन अन्त्य भएपछि अर्काे बैठक सुरु हुनु अगाडि दलकाे बैठक बस्ने परम्परा रहेकाले त्यसैअनुरुप बैठक बस्न लागेकाे नेम्वाङले बताए । अन्य कुनै एजेन्डामा छलफल नहुने उनकाे भनाइ छ ।

प्रकाशित : पुस ४, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?