कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने

जयसिंह महरा

काठमाडौँ — प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने भएको छ । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते एक बजे बस्ने दलहरुबीच सहमति बनेको छ ।

सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने

बीचमा क्रिसमस पर्ने र सभामुख चयन प्रक्रिया सुरु गर्न निर्वाचन समिति बनाउनु पर्ने भएकाले ११ गतेसम्म बैठक सारिएकाे हाे । त्यही बैठकबाट सभामुख चयन प्रक्रिया सुरु हुने कार्यव्यवस्था परामर्श समितिका एक सदस्यले बताए ।

संसदको हिउँदे अधिवेशन शुक्रबार अपरान्ह ४ बजे आव्हृान भएको छ । बैठकको विषयबस्तु तय गर्न बसेको परामर्श समिति बैठकले अर्को बैठक ११ गते बस्ने र त्यहि बैठकबाट सभामुख चयन प्रक्रिया सुरु गर्ने सहमति जुटाएको हो ।

सभामुख चयन गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको अध्यक्षतामा निर्वाचन समिति बनाउने संसद नियमावलीमा उल्लेख छ ।

शुक्रबारको बैठकपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने तयारी सत्तारुढ दल नेकपाको छ । उनी नेकपाबाट उपसभामुख बनेकी थिइन ।

संविधानमा एउटै पार्टी र एउटै लिङ्गको सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था छ । नेकपाले सभामुख राखेर उपसभामुख अर्कै दललाई दिने तयारी गरिरहेकाे नेताहरु बताउँछन् ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलत्कारको आरोप लागेपछि १४ असोजमा तत्कालिन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित : पुस ४, २०७६ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?