कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

राप्रपाद्वारा राप्रपा संयुक्तलाई पार्टी एकतामा आउन आहृवान

काठमाडौँ — राप्रपाले राप्रपा(संयुक्त) लाई पार्टी एकताका लागि आहृवान गरेको छ । शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको सो पार्टीलाई एकतामा आउन आहृवान गरेको हो ।

राप्रपाद्वारा राप्रपा संयुक्तलाई पार्टी एकतामा आउन आहृवान

‘समान विचार भएका व्यक्ति, समूह र दलसँग एकीकृत शक्ति निर्माण गर्न आहृवान गर्दै पशुपतिशमशेर राणा र डा. प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)लाई एकताको लागि आव्हान गर्दछ,’ प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकले पुस २७ गते राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन राष्ट्रिय बिदा दिन सरकारसँग माग गर्ने निर्णय गरेको छ । दिवस मनाउनका लागि पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा समिति समेत गठन गरिएको श्रेष्ठले बताए । विकास र सहयोग सम्बन्धि अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँगको अनुदान सहायता सम्झौता प्रस्ताव तत्काल संसदबाट पारित गर्न बैठकले माग गरेको छ ।

नेपालले लाभ लिन सक्ने सम्झौता पारित गर्न ढिलाइ गरिनु आश्चर्यजनक रहेको राप्रपाको भनाइ छ । १४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा पार्टीको पराजय कमजोर सांगठनिक संरचना नै मूख्य कारक रहेको ठहर गरेको छ ।

प्रकाशित : पुस ४, २०७६ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?