कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राजधानीमा तीन बच्चा अपहरण, अपहरणकारी पक्राउ

काठमाडौँ — काठमाडौंको सामाखुसीबाट बुधबार तीनजना बच्चा अपहरण गर्नेलाई पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरी प्रवक्ताका अनुसार मंसिर ३० गते सामाखुसीबाट रुपा (नाम परिवर्तन) नामक महिलाका तीन बच्चाको चिनेजानेकै आशिष सिजापतीले अपहरण गरेका हुन् । 

आमा पोखरा गएको अवस्था पारी ‘तिम्रो ममीले होटलमा लगी राख्नु भन्नु भएको छ भन्दै’ बानेश्वरका आशिषले बिहान स्कुल जान लागेका बच्चाको अपहरण गरेका थिए । बच्चाहरुका मामा पर्ने आशिषले टोखाको ब्लुस्टार होटलमा उनीहरुलाई लगी त्यहींबाट रुपालाई फोन गरी फिरौती माग गरेका थिए ।


‘तिम्रा छोराछोरी मेरो कब्जामा छन्, छुटाउने भए तीन लाख देउ,’ उनले भनेका थिए । तर, रुपाले आशिष चिनेजानेकै मान्छे भएको त्यस्तो गरेको होला भनेर पत्याइनन् । बुधबार पोखराबाट फर्किदा घरमा छोरा छोरी र भाञ्जी नभएपछि उनले प्रहरीमा खबर गरेकी थिइन् ।


महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुको होटलको कोठा नं ४०४ बाट उद्धार गरेको थियो । बच्चाको उद्दारसँगै गोरखाका विनोद थापालाई पनि पक्राउ गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए । उनीहरुलाई महानगरीय प्रहरी परिसर महाराजगञ्जमा राखिएको छ ।


प्रहरीको सोधपुछमा सिजापतिले आफूले दुई दिनमा दुई वटा अपहरण गरेको बताएका थिए । जिल्ला अदालतले उनीहरुलाई सात दिन थुनामा राखी सोधपुछ गर्ने अनुमति दिएको प्रहरीले बताएको छ ।

प्रकाशित : पुस ४, २०७६ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?