स्थायी समिति रोकेर नेकपा सचिवालय बैठक 

काठमाडौँ — नेकपाको जारी स्थायी समिति बैठक केहीबेरका लागि स्थगित भएको छ । सचिवालय बैठक बस्न भन्दै बैठक स्थगित गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

स्थायी समिति रोकेर नेकपा सचिवालय बैठक 

बैठकमा विधान संशोधन र समसामयिक राजनीतिका विषयमा महासचिव पौडेलले धारणा राखेपछि बैठक स्थगित भएको हो । २९ मंसिरबाट सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखिरहेका छन् । शनिबार अध्यक्ष दाहालले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।


अध्यक्ष दाहालले जवाफ दिनुअघि पार्टी सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ । ९ सदस्यीय सचिवालयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक नेताहरु सहभागी छन् ।

प्रकाशित : पुस ५, २०७६ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?