२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पुस २० मा नेकपा केन्द्रीय समिति

जयसिंह महरा

काठमाडौँ — नेकपाको केन्द्रीय समिति बैठक पुस २० देखि बस्ने भएको छ । मंसिर २९ गतेदेखि जारी नेकपाको स्थायी समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रस्तावमा पुस २० गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । 

पुस २० मा नेकपा केन्द्रीय समिति

स्थायी समिति सदस्य वर्षमान पुनका अनुसार पुस २० गतदेखि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको हो । उनले भने,'अबको १५ दिनपछि केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको छ । '


नेकपाका अध्यक्षद्वयले माघमा केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेपनि स्थायी समिति सदस्यहरुले केन्द्रीय समिति बैठकको माग गरेपछि पुस २० गते नै बैठक बोलाइएको हो ।


पार्टी एकतापछि नेकपाले पहिलो पटक एजेन्डामाथि छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन लागेको हो । यसअघि शपथ ग्रहण र परिचयात्मक कार्यक्रममा केन्द्रीय समितिका सदस्यहरुलाई आमन्त्रण गरिएको थियो । नेकपाले केन्द्रीय समिति बैठकमा विधान संशोधनको प्रस्ताव लैजाने तयारी गरेको छ । नेकपामा ४ सय ४५ जना केन्द्रीय सदस्य छन् ।

जारी स्थायी समितिको बैठकमा शनिबार महासचिव विष्णु पौडेलले बोलेका थिए । नेकपाको स्थायी समिति बैठक शनिबार सकिने तयारी भइरहेको छ ।

प्रकाशित : पुस ५, २०७६ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?