२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चन्द समूहद्वारा दैलेखमा गाउँपालिका अध्यक्षको अपहरण, श्रीमतीलाई छोडियो

भाइ भन्छन् : राजनीतिक मुद्दा भएकाले छोड्न मिल्दैन भने
ज्योति कटुवाल

दैलेख — दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमा परेका छन् । शनिबार राति १२ बजेको समयमा घरमा आएको १५/१६ जनाको टोलीले शाहीलाई श्रीमतीसहित अपहरण गरेको शाहीका भाइ हस्तबहादुर शाहीले बताए ।

चन्द समूहद्वारा दैलेखमा गाउँपालिका अध्यक्षको अपहरण, श्रीमतीलाई छोडियो

ठाटिकाँध गाउँपालिका–२ शेरीपाटामा रहेको आफ्नै घरबाट उनीहरुलाई अपहरण गरिएको हो । अपहरण नेत्रविक्रम चन्द समूहले गरेको अनुमान गरिएको छ ।

भाइ हस्तबहादुर शाहीसमेत केही दिनअघि अपहरणबाट मुक्त भएका थिए । दाइ भाउजु खोज्नु आफू बिहानै गुईच्याखर्क जंगलमा पुगेको र भाउजु इलालाई भेट्टाएको उनले बताएका छन् । ‘दाइलाई गुईच्याखर्क जंगलमा राखिएको छ । राजनीतिक मुद्दा भएकाले अपहरण गरिएको र २/३ दिनभित्र दाइलाई छाड्ने आश्वासन दिएर भाउजुलाई मुक्त गरे,’ उनले बताए ।

अध्यक्ष शाहीलाई चन्दका हतियारधारी कार्यकर्ताले जंगलमा राखेको उनले बताए । ‘उनीहरुले हामी चन्दका कार्यकर्ता हौं, उहाँसँग सोधपुछ गर्नुछ भनेर छोड्न मानेनन्,’ शाहीले भने ।

दैलेख जिल्ला प्रहरीका प्रमुख डिएसपी हरिबहादुर ओलीले अध्यक्ष शाही र उनको श्रीमतीको अपहरणको सूचना पाउनेबित्तिकै प्रहरी परिचालन गरिएको बताए । प्रदेश प्रहरी कार्यालय र जिल्लाबाट समेत खोजी तीव्र बनाइएको उनको भनाइ छ ।


प्रकाशित : पुस ६, २०७६ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?