कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवारी ज्यान मुद्दामा गाउँपालिका अध्यक्ष पक्राउ 

लक्ष्मी साह

बारा — प्रहरीले विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेडिहरलाई आइतबार घरबाटै नियन्त्रणमा लिएको छ । सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका भेडिहरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।

सवारी ज्यान मुद्दामा गाउँपालिका अध्यक्ष पक्राउ 

उनका अनुसार अध्यक्ष भेडिहरलाई आइतबारै अदालतमा हाजिरी गराई अदालतको आदेशअनुसार कैद सुजाय भुक्तानको लागि साँझ कारागार पठाइनेछ ।


‘कारागार जानुको विकल्प छैन,’ प्रहरी उपरीक्षक खनालले भने, ‘अदालतबाट सजाय तोकिएर फरार भएकाहरुको सूची केलाउँदा उनी फेला परेका हुन् ।’ २०६१ सालमा एक वृद्धालाई आफैंले चलाएको बाइकबाट दुर्घटना भएपछि वृद्धाको मृत्यु भएको थियो ।

उक्त घटनामा बारा जिल्ला अदालतले २०६३ भदौ २९ गते भेडिहरलाई दोषी ठहर गर्दै उनलाई २९ दिन कैद र २ हजार जरिवाना सजाय सुनाएको थियो । घटना भएको १५ वर्षसम्म उनी बाहिरै थिए । फौजदारी अपराधमा कसुरदार भएर पनि उनी चुनाव लडेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीबाट उनी चुनाव लडेका थिए । दोस्रो मधेस आन्दोलन ताका उनलाई वीरगन्जमा प्रदर्शनको क्रममा प्रहरीको गोली लागेको थियो । उपचारबाट समान्य भएपछि उनी चुनाव लडेका थिए ।

प्रकाशित : पुस ६, २०७६ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?