हङकङमा ट्रान्जिट भिसा व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हङकङमा ट्रान्जिट भिसा व्यवस्था गर्न सरकारसँग माग गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर हङकङमा नेपालीहरुलाई ट्रान्जिट भिसा व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन् । 

हङकङमा ट्रान्जिट भिसा व्यवस्था गर्न कांग्रेसको माग

मन्त्री ज्ञवालीलाई लिखित पत्र बुझाउन प्रमुख सचेतक खाणसहित कांग्रेस महासमिति सदस्य जन्मजय तिमिल्सिना, तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङ, नेपाल मकाउ चेम्बर अफ कमर्शका अध्यक्ष सुदर्शन थापा मगर पुगेका थिए ।

‘काठमाडौंदेखि मकाउ जान र मकाउदेखि काठमाडौं आउन सोझो हवाई उडान नभएकोले मकाउमा रोजगारीका लागि पुग्ने र आउने युवाहरुले कठिनाई भोग्नु परेको छ,’ खाणद्वारा परराष्ट्रमन्त्री ज्ञवालीलाई बुझाइएको पत्रमा भनिएको छ, ‘सबैभन्दा पायक पर्ने सहज रुट काठमाडौं–हङकङ–मकाउ गर्न नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिसा व्यवथा गरिदिन अनुरोध गर्दछु ।’


‘वर्क पर्मिट’ प्राप्त गरी करिब ४ हजार नेपाली युवा रोजगारीका लागि मकाउमा रहँदै आएका छन् ।


भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिसा नहुँदा नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताएका थिए ।


यस बिषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता मन्त्री ज्ञवालीले जनाएको प्रमुख सचेतक खाणले बताए ।

प्रकाशित : पुस ६, २०७६ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?