२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

राष्ट्रियसभा निर्वाचन : ११ दलले दिए दर्ताका लागि आयाेगमा निवेदन

काठमाडौँ — राष्ट्रियसभा निर्वाचनमा भाग लिन दर्ताका लागि भन्दै ११ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । 
राष्ट्रियसभाका १८ सदस्य निर्वाचित गर्न ९ माघमा निर्वाचन हुँदैछ ।

राष्ट्रियसभा निर्वाचन : ११ दलले दिए दर्ताका लागि आयाेगमा निवेदन

आयोगले दल दर्ताका लागि दिएको मंसिर २७ देखि पुस ६ गतेसम्मको समयमा तोकेको प्रक्रिया पुर्‍याएर ११ दलले निवेदन दिएका प्रवक्ता गिरिजा शर्माले जानकारी दिइन ।


आयोगका अनुसार दर्ताका लागि निवेदन दिनेमा नेकपा, कांग्रेस, समाजवादी पार्टी, राजपा, राप्रपा, राप्रपा (संयुक्त) छन् । त्यस्तै नेपाली जनता दल, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टीले पनि दर्ताका लागि निवेदन दिएका छन् ।


आयोगले संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आयोगमा दर्ता कायम रहेका दलहरुलाई संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ताको लागि समय तोकेको थियो ।

प्रकाशित : पुस ६, २०७६ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?