विप्लवका ६ कार्यकर्ता पेस्तोलसहित हात्तीगौंडाबाट पक्राउ

मातृका दाहाल

काठमाडौँ — प्रहरीले नेत्रविक्रम चन्द समूहको प्रतिबन्धित नेकपाका ६ जना नेतालाई पेस्तोलसहित काठमाडौंको हात्तीगौंडाबाट पक्राउ गरेको छ ।

प्रहरीको विशेष ब्यूरोले आइतबार पेस्तोल, त्यसमा लाग्ने म्यागजिन, डेटोनेटर र बम बनाउन प्रयोग हुने तारसहित नेकपा निकट युवा संगठनका ६ जना नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा युवा संगठनका केन्द्रिय सचिव तथा मध्यकमाण्ड इन्चार्ज सञ्जीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रिय सदस्य तथा कार्यालय सचिव वकिल घर्ती मगर, युवा संगठन सोलुखुम्बु इन्चार्ज त्रिलोचन विक र केन्द्रिय सदस्य तथा उदयपुरका सदस्य दुर्खाबहादुर तामाङ रहेका छन् ।

ब्यूराेले हात्तीगौंडास्थित भूमिगत रुपमा सञ्चालित कार्यालयमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सञ्जीव लामा गत वर्ष वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराउने व्यक्ति रहेको पनि खुलेको छ । २०७५ चैत २४ गते गुरुङको बसुन्धरा/सामाखुसीस्थित घरमा सिलिण्डर बम विस्फोट हुँदा घर र गाडीमा क्षति पुगेको थियो । ब्यूरोले पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ ।

प्रकाशित : पुस ६, २०७६ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?