कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘सिद्धबाबा’ थप ३ दिन प्रहरी निगरानीमा

सुनसरी — आफ्नै अनुयायी एक महिलालाई बलात्कार गरेको आरोप लागेका बराहक्षेत्र नगरपालिकाको चतरास्थित रामानन्दाचार्य सेवापिठका मठाधीस ‘सिद्धबाबा’ भनिने ४५ वर्षीय कृष्णबहादुर गिरी विरुद्धको अनुसन्धान सकिएको भन्दै प्रहरीले तयार पारेको मिसिल आइतबार नै अदालतमा बुझाएको छ । प्रहरीले एकदिन अघि नै अनुसन्धान सकिएको भनेर मिसिल बुझाएपनि सोमबार थप ३  दिनको म्याद थप भएको छ । सिद्धबाबा प्रकरणमा अनुसन्धान गर्न यो पाँचौं पटक म्याद थपिएको हो ।

‘सिद्धबाबा’ थप ३ दिन प्रहरी निगरानीमा

यसअघि पनि अनुसन्धान सकिएको भन्दै प्रहरीले अनुसन्धान मिसिल जिल्ला अदालतको न्यायाधीवक्ता (सरकारी वकिल)लाई बुझाएको बताइएको थियो । तर सरकारी वकिलले गिरी विरुद्धको अनुसन्धानबाट ‘पर्याप्त प्रमाण र अभियोग पूरक’ नभएको भनेर थप अनुसन्धानकालागि गत साता चौथोपटक फेरि म्याद थप गरेको थियो ।

यी पनि पढ्नुहाेस् :



प्रकाशित : पुस ७, २०७६ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?