कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ [तस्बिरहरु]

काठमाडौँ — ‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले सातौं नेपाली टोपी दिवस मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन माइतीघरमण्डलामा भेला भएर युवायुवतीले गत वर्षझैं ‘टोपी दिवस’ मनाएका हुन् । 

‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ [तस्बिरहरु]

अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको अभियानले भन्दै २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरेका हुन् ।


सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।


राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।








प्रकाशित : पुस १६, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?