२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पौडेल पक्षलाई देउवाको जवाफ : महाधिवेशनको विषयमा छलफल गर्न तयार छु

देवनारायण साह

मोरङ — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनको विषयमा आफू जहाँ जोसँग पनि छलफल गर्न तयार रहेको बताएका छन् । नेता रामचन्द्र पौडेल पक्षले मंगलबार महाधिवेशनको मिति र पार्टी विवादका विषयमा सभापतिसँग मात्रै छलफल गर्ने बताएको भोलिपल्टै देउवाले त्यस्तो बताएका हुन् । 

पौडेल पक्षलाई देउवाको जवाफ : महाधिवेशनको विषयमा छलफल गर्न तयार छु

पुस ११ गते देउवाले पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बहिष्कारबीच केन्द्रीय कार्यसमितिको बैठकबाट पार्टीको १४ औं महाधिवेशनको मिति तोक्ने निर्णय बहुमतबाट गरेका थिए ।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सभापति देउवाले बहुमतबाट केन्द्रीय कार्यसमितिले गरेको निर्णय अनुरुप १४ औं महाधिवेशन सम्पन्न हुने बताए । ‘केन्द्रीय कार्यसमितिबाट विधानअनुरुप १४ औं महाधिवेशनको मिति तय गरिएको छ, त्यही मितिमा महाधिवेशन हुन्छ,’ देउवाले भने, ‘पार्टीका नेताहरुले एक्लै वा समूहमा जहाँ पनि आफूलाई भेट्न वा महाधिवेशनको बारेमा छलफल गर्न आए हुन्छ ।’

सहमतिमा पार्टी चलाउनका लागि तीन वर्षसम्म कुरे पनि सहमति हुन नसकेकोले बहुमतको आधारमा निर्णय लिएर पार्टीलाई अघि बढाएको देउवाले बताए ।

यो पनि :

यसरी पुर्‍याइयो कांग्रेसमा ४७ विभाग

कांग्रेसको १४ औं महाधिवेशन ०७७ फागुनमा

सरकारसँग एमसीसी पास गर्नुको विकल्प नभएको देउवाको भनाइ छ । ‘मुलुकमा पहिलो पटक मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा अमेरिकाले ५५ अर्ब रुपैयाँ ग्राण्ट दिएको छ,’ देउवाले भने, ‘यति ठूलो रकमको ग्राण्ट अहिलेसम्म मुलुकमा प्राप्त नभएकोले यसलाई पास गर्नुपर्छ, त्यसको विकल्प हुनै सक्दैन ।’

सरकारले एमसीसी संसदबाट पास गर्नेमा आफू विश्वस्त रहेको देउवाले बताए । प्रमुख प्रतिपक्षी भएकाले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एउटा पद कांग्रेसले पाउनु पर्ने देउवाको बताए ।

प्रकाशित : पुस १६, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?