सूचना प्रविधि विधेयक सच्याउन कांग्रेसको माग

काठमाडौँ — प्रतिपक्षी कांग्रेसले ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सच्याउन माग गरेको छ । कांग्रेस संसदीय दलले संविधानको प्रतिकुल हुने कुनैपनि नीति नियम मान्य नहुनेसमेत बताएको छ । 

सूचना प्रविधि विधेयक सच्याउन कांग्रेसको माग

मुख्य सचेतक बालकृष्ण खाणले कुनै पनि बहानामा नागरिकका स्वतन्त्रता र अधिकार कुण्ठित गर्ने ऐन नियम मान्य नहुने बताएका छन् ।


खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, संविधानको प्रतिकूल हुने र नागरिकका मौलिक अधिकार हनन् हुने हुँदा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सच्चाएर मात्र अगाडि बढ्न सरकारको ध्यानाकर्षण गर्दछौं ।’


विधेयक प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट अगाडि बढाइएको छ ।


साथै कांग्रेसले संविधानको प्रावधान प्रतिकूल हुने, नागरिकका विचार एवं अभिव्यक्ति स्वतन्त्रता विरुद्ध सरकारको कदम रोक्न अग्रसर हुन सबैलाई आग्रह गरेको छ ।

प्रकाशित : पुस १६, २०७६ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?