उखु किसानको आन्दोलनमा राजपाको ऐक्यबद्धता

काठमाडौँ — राष्ट्रिय जनता पार्टी(राजपा)ले उखु किसानले ४ बुँदे माग राख्दै माइतीघरमा सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो आन्दोलनस्थलमा पुगेर किसानका मागप्रति ऐक्यबद्धता जनाएका हुन् । 

उखु किसानको आन्दोलनमा राजपाको ऐक्यबद्धता

संयोजक महतोले किसानको ब्याजसहित भुक्तानी गराउने दायित्वबाट नभाग्न सरकारलाई आग्रह गरेका छन् ।

‘किसानले विगत कैयौँ वर्षदेखि आफ्नो उखुको भुक्तानी नपाएकोले सुगर मिलका मालिकहरुसँग ब्याज र सरकारी अनुदानसहित भुक्तानी गराउनु राज्यको दायित्व भएकोले तत्काल पहलकदमी लिन जोडदार माग गर्दछु,’ महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनले विज्ञप्तिमार्फत् राज्यले भुक्तानी दिने व्यवस्था नगरे त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार बन्ने चेतवानी समेत दिएका छन् ।

प्रकाशित : पुस १६, २०७६ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?