कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुगौली सन्धिका बेलाको नेपालको नक्सा १५ दिनभित्र पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ — सरकारलाई सुगौली सन्धिका बेलाको नेपालको नक्सा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले १५ दिनभित्र सुगौली सन्धि हुँदाको नेपालको आधिकारिक नक्साको प्रतिलिपिसहित लिखित जवाफ दिन सरकारका नाममा आदेश जारी गरेको हो ।

सुगौली सन्धिका बेलाको नेपालको नक्सा १५ दिनभित्र पेश गर्न सर्वोच्चको आदेश

भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा समावेश गरेपछि वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले दायर गरेको निवेदनमा सुनुवाइ न्यायाधीश फुयाँलले उक्त आदेश दिएका हुन् ।

'सरकारको कुनै निकायमा नेपालको आधिकारिक नक्सा भए त्यसको प्रमाणित प्रतिलिपि तथा सो नक्सा बनाउँदाको एैतिहासिक पृष्ठभूमि उल्लेख गर्ने सन् १८१६ को सुगौली सन्धिको अनुसूचीसहितको प्रतिलिपि पेश गर्नू,' सर्वोच्चको आदेशमा भनिएको छ, 'संविधान जारी हुँदाको बखतको नेपालको क्षेत्रफल खुल्ने कुनै तथ्यांक वा दस्तावेज विपक्षी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा नापी विभागमा वा नेपाल सरकार अन्तर्गत अन्य कुनै निकायमा भए त्यसको प्रतिलिपि विपक्षी नापी विभागको लिखित जवाफको अनुसूचीमा पेश गर्नू ।'

संयुक्त राष्ट्रसंघको सदस्य हुँदाका बखतको नेपालको नक्साका प्रतिलिपि पेश गर्न पनि आदेशमा भनिएको छ । त्यस्तै दार्चुला जिल्लास्थित लिम्पियाधुराको क्षेत्रको प्रश्न समाधान गर्ने अन्य कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय रूपमा उपलब्ध सामग्रीहरु सिंहदरबारबाट झिकाई नियमानुसार पेश गर्न पनि आदेशमा भनिएको छ ।

पढ्नुस् आदेशको पूर्णपाठ :

प्रकाशित : पुस १६, २०७६ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?