कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

धादिङको थाँक्रेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

हरिहरसिंह राठौर

धादिङ — पृथ्वीराजमार्गको  थाँक्रे–१, सिम्लेबजार नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ख ७९८७ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४१ प ४३०६ नम्बरको मोटरसाइकललाई बिहीबार बिहानपख ठक्कर दिएको हो ।

धादिङको थाँक्रेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार थाँक्रे–१०, गैरीखर्कका ३४ वर्षीय सुमन तामाङ रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रकका चालक प्रहरी नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक भने फरार छन् । फरार मोटरसाइकल चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।


प्रकाशित : पुस १७, २०७६ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?