१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सूचना प्रविधि विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गरियो : सरकारका प्रवक्ता

काठमाडौँ — सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधि विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गर्न खोजिएको बताएका छन् । उनले तथ्यलाई छोपेर भ्रम सिर्जना गर्न खोजिएको दाबी गरे । 

सूचना प्रविधि विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गरियो : सरकारका प्रवक्ता

'३६ वटा बुँदा संशोधन भएको नहेर्ने अनि आफूलाई के लागेको छ त्यही प्रचार गरेर भ्रम सिर्जना गर्न खोज्ने ? त्यस हिसाबले समाचारहरु पनि आएका छन्,' नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भने, ' नेपालमा सञ्चालन हुने सामाजिक सञ्जालहरु दर्ता गर्नेपर्छ । प्रत्येकले दर्ता गर्नुपर्छ भन्ने तरिकाले हल्ला फैलाइएको छ । ' उनले बजारको हल्लाको पछाडि नलाग्न आग्रह गरे ।


यस्तै, विधेयकको धारा १५ को उपदफा २ मा कसैको बारेमा उजूरी पर्‌यो भने मात्रै सरकारले अनुसन्धान गर्ने उल्लेख भएको बताए । उनले कानून विपरीत नभए कसैलाई पनि कारबाही नहुने स्पष्ट पारे ।

उनले समाजिक सञ्जालमा लेखे बापत १५ लाख रुपैयाँ र ५ वर्ष कैद सम्बन्धमा लेख्नु कुनै अपराध नभएको दाबी गरे । धारा ८८ मा उप धारा १ मा सार्वभौमसत्ताको विरुद्ध गएमा, सम्प्रदायिक खलल आदि गरेमा जरिवाना हुने उनले बताए । 'स्वतन्त्रता छ भनेर सबैलाई जे पनि गर्ने ? जे पनि लेख्न्रे ? व्यक्तिगत रुपमा लक्षित भएर गाली नगरौँ,' मन्त्री बाँस्कोटाले भने ।


'मेरो आमाको निधन भइसक्यो । मलाई सोझै गाली गर्नुपर्यो । फलानीकी छोरी छोरो त्यस्ता शब्द लेखेर कुन सभ्यता तथा स्वतन्त्रता हो ? त्यस्तालाई कारबाही गर्नुपर्दैन ?,' उनले भने।


उनले राजनीतिमा विरोध गर्न मज्जाले पाइने तर तथ्यपरक विरोध गर्नुपर्ने बताउँदै निजी जीवनमा सरोकार नभएका निर्दोष बाबुआमालाई नमुच्छन आग्रह गरे ।

प्रकाशित : पुस १७, २०७६ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?