कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उखु किसानको पैसा तिर्न कनोडियालाई कांग्रेसको निर्देशन

काठमाडौँ — कांग्रेसले आफ्नो दलका नेता वीरेन्द्र कनोडियालाई उखु किसानहरुलाई रकम भुक्तान गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले उनलाई तुरुन्त पैसा तिर्न भनेको हो ।

उखु किसानको पैसा तिर्न कनोडियालाई कांग्रेसको निर्देशन

महालक्ष्मी सुगर्सका सञ्चालक कनोडिया कांग्रेसको प्रदेश नम्बर ५ का संसदीय दलका उपनेता हुन् । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठकले उखु किसानको अन्य बाँकी भुक्तानी पनि तत्काल उपलब्ध गराउने पहल गर्नसमेत कनोडियालाई निर्देशन दिएको छ ।

अन्नपूर्ण तथा महालक्ष्मी लगायतका चिनी मिलले उखुको पैसा नदिएको भन्दै उखु किसानहरुले काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन् ।


प्रकाशित : पुस १७, २०७६ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?