१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राष्ट्रियसभामा कांग्रेस–समाजवादीको गठबन्धन !

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले हालैमात्र सरकारबाट बाहिरिएको समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने संकेत दिएको छ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा सरकारको विपक्षमा रहेका सबै दलहरुसँग तालमेलको ढोका खोल्ने गरी बिहीबारको कांग्रेस केन्द्रीय समितिले निर्णय गरेको हो । 

राष्ट्रियसभामा कांग्रेस–समाजवादीको गठबन्धन !

‘विपक्षमा रहेका सबै दलहरु एकजुट भएर सरकारका गलत कामकारबाहीको विरोध गर्नु जुरुरी छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘राष्ट्रियसभा निर्वाचनमा पनि विपक्षमा रहेका दलहरु एकजुट हुनु आवश्यक छ । त्यसका लागि कांग्रेसले सबै विकल्प खुला गरेको हो ।’ बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका उम्मेदवार छनाैट गर्ने जिम्मा पदाधिकारीलाई दिएको पनि उनले बताए । बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले केन्द्रीय समिति र पदाधिकारी बैठक बहिस्कार गर्दै आएको छ ।

हालैमात्र राष्ट्रिय जनता पार्टीसँग राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा गठबन्धन गर्ने र राष्ट्रिय राजनीतिमा दीर्घकालीन सहयात्रा गर्ने भन्दै सत्तारुढ नेकपाले सम्झौता गरेको थियो । त्यसलगत्तै समाजवादी सरकारबाट बाहिरिएको थियो ।

समाजवादीले भने राष्ट्रियसभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने वा नगर्नेबारे कुनै निर्णय गरेको छैन । नेकपा र राजपाबीच सहकार्य भएपछि प्रदेश २ मा रिक्त हुने राष्ट्रियसभाका ४ सिट उनीहरुकै पोल्टामा पर्ने देखिन्छ । दुई दलबीच २-२ सिट भाग लगाइएको छ । यस्तो अवस्थामा कांग्रेस र समाजवादीको गठबन्धन बने पनि राष्ट्रियसभामा सिट पाउने संभावना न्यून छ ।

प्रकाशित : पुस १७, २०७६ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?