कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

देउवाको पदलोलुपताले पार्टी कमजोर : सुजाता

रुपन्देही — कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक विवादका कारण पार्टी कमजोर भएको बताएकी छन् ।

प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेतृ कोइरालाले विवाद यथावत रहे आगामी निर्वाचनमा कांग्रेस शून्य हुने बताइन् ।

देउवाको पदलोलुपताले पार्टी कमजोर : सुजाता

‘आन्तरिक विवादकै कारण पार्टी कमजोर बनेको छ । विवाद नमिले आउने चुनावमा कांग्रेस शून्य हुन्छ’, कोइरालाले भनिन् ।

सभापति देउवाको पदलोलुपताका कारण पार्टी कमजोर बनेको आरोप नेतृ कोइरालाको छ । पार्टी व्यक्तिभन्दा संस्थाकेन्द्रित कार्य गर्नु पर्ने उनको भनाइ छ । पार्टीमा गुट र किचलो भइरहे कांग्रेसलाई मत दिँदा कार्यकर्ता र आम नागरिकको हात काप्ने स्थिति आउन सक्नेतर्फ ध्यान दिनुपर्ने उनले बताइन् ।

पार्टीभित्रको विवाद तत्काल अन्त्य गरी संगठन निर्माणतर्फ लाग्नु पर्ने कोइरालाले बताइन् । पार्टीको १४ औं महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नेगरी सभापतिले गर्न सक्नु पर्ने कोइरालाको भनाइ छ । कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताइन् ।

गिरिजाप्रसाद कोइरालापुत्री सुजाताले महामन्त्री शशाङ्क, केन्द्रीय सदस्य शेखर र आफूबीच कुनै विवाद नभएको बताइन् ।

प्रकाशित : पुस १८, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?