कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सांसद शाहलाई पक्राउ गर्न अदालतको अनुमति

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु–३ का प्रतिनिधिसभाका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको छ । अदालतमा प्रहरीले शाहलाई ज्यान मार्ने उद्योगमा मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न पाउँ भन्दै अनुमति मागेको थियो । 

सांसद शाहलाई पक्राउ गर्न अदालतको अनुमति

अदालतबाट पक्राउ गरेर अनुसन्धान गर्ने अनुमति प्राप्त भएको कपिलवस्तुका निमित्त प्रहरी प्रमुख नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

शाह सा‌ंसद भएकाले संघीय संसद्‌लाई जानकारी दिने प्रक्रिया बुझिरहेको मल्लले बताए । संघीय संसदलाई जानकारी दिएपछि शाहमाथि अनुसन्धान अघि बढाउने मल्लले बताए । शाह कांग्रेसबाट निर्वाचित सांसद हुन् ।

गत पुस ५ गते श्याम मिश्रामाथि कृष्णनगरस्थित शाहको घरमा कुटपिट भएको थियो । मिश्रा गत स्थानीय निर्वाचनमा राप्रपाबाट कृष्णनगर नगरपालिका प्रमुखमा उम्मेदवार बनेका थिए ।

मिश्राले सांसद शाह र उनका सवारी चालक सोनु कहार भन्ने शशी कश्यपले आफूलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोप निवेदनमा लगाएका थिए ।

प्रकाशित : पुस १८, २०७६ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?