कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

उपसचिव ढुंगानाले १६ वर्षमा कसरी कमाए ४ करोड ६८ लाख ?

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरुद्ध ४ करोड ६८ लाख ४८ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उपसचिव ढुंगानाले १६ वर्षमा कसरी कमाए ४ करोड ६८ लाख ?

सार्वजनिक सेवामा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा ४ करोड ६८ लाख बिगो मागसहित मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।


विक्रम संवत् ०४९ साउन १९ देखि ०७५ असार ३२ गतेसम्म ढुंगानाको वैध आय ७९ लाख ५४ हजार रुपैयाँ रहेको देखिएको अख्तियारले जनाएको छ । उनले यही अवधिमा खर्च तथा लगानी गरेको ५ करोड ४८ लाख रुपैयाँ भने अस्वभाविक देखिएको अख्तियारले जनाएको छ । यसमध्ये ४ करोड ६८ लाख ४८ हजार रुपैयाँको स्रोत नखुलेकाले उनीविरुद्ध त्यति नै बिगो मागसहित भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

उपसचिव राजेन्द्र ढुंगानाले सार्वजनिक सेवाको पदमा रहेर गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती मधु कोइराला (ढुंगाना) को नाममा राखेका थिए । अख्तियारले मधुको नाममा रहेको सम्पत्ति पनि जफत गर्न माग गर्दै उनलाई समेत प्रतिबादी बनाइ विशेष अदालतमा आर‍ोपपत्र दायर गरेको छ ।

प्रकाशित : पुस १८, २०७६ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?