२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अन्नपूर्ण चिनी मिलका साहुले तिरे ५० लाख

पुसभित्र ८० प्रतिशत भुक्तानी दिनेगरी सहमतिको प्रयास गरिँदै
कृष्ण आचार्य

काठमाडौँ — अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवालले बिहीबार र शुक्रबार गरी उखु किसानको ५० लाख रुपैयाँ भुक्तानी दिएको उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालयलाई जानकारी गराएका छन् ।

अन्नपूर्ण चिनी मिलका साहुले तिरे ५० लाख

मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईका अनुसार उनले मन्त्रालयमा पुस २५ भित्र ५ करोड र माघको पहिलो सातामा १२ करोड तथा माघ भरीमा पूरै भुक्तानी गर्ने प्रतिबद्धता जनाएका छन् । अन्नपूर्ण चिनी मिलले मात्रै किसानको ४२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

मन्त्रालयमा किसान, उद्योगी र सरकारबीच वार्ता सुरु भएकाे छ । पुस भित्रमा ८० प्रतिशत र माघको पहिलो सातामा शतप्रतिशत भुक्तानी दिने गरी सहमतिको प्रयास भइरहेको प्रवक्ता भट्टराईले बताए ।

प्रकाशित : पुस १८, २०७६ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?