१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कनाेडियाले उखु किसानलाई करिब ५ करोड तिर्न बाँकी

मनोज पौडेल

कपिलवस्तु — प्रदेश–५ कांग्रेस संसदीय दलका उपनेता रहेका महालक्ष्मी सुगर्स मिलका सञ्चालक वीरेन्द्रकुमार कनाेडियाले उखु किसानलाई करिब ५ करोड भुक्तानी गर्न बाँकी छ । कपिलवस्तुका कृषकले करिब ५ करोड भुक्तानी पाउन बाँकी रहेको किसान संघ अध्यक्ष अनुपकुमार चौधरीले बताए ।

कनाेडियाले उखु किसानलाई करिब ५ करोड तिर्न बाँकी

उखु बिक्री गरेको २ करोड ५० लाख बक्यौता र सरकारले ०७१/७२ मा प्रति क्वीन्टल २५ रुपैयाँ उखु कृषकलाई दिएको अनुदान तिर्न बाँकी रहेको संघले जनाएको छ ।


८ हजार कृषकको ९ लाख ९२ हजार क्वीन्टल उखुको अनुदान दिन बाँकी रहेको किसानहरुले बताएका छन् । प्रति क्युन्टल २५ रुपैयाका दरले २ करोड ४८ लाख अनुदानको रकम पाउन बाँकी हुन्छ ।

नेपाली कांग्रेसले कनौडियालाई पुस २५ गतेभित्र किसानलाई तिर्न बाँकी रकम तिरेर केन्द्रीय कार्यालयमा जानकारी गराउन निर्देशन दिएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कनोडियालाई त्यस्तो निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रकाशित : पुस १८, २०७६ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?