२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

माघ ७ भित्र सबै भुक्तानी दिलाउने समझदारीपछि उखु किसानको आन्दोलन स्थगित

राजु चौधरी

काठमाडौँ — उखुको बक्यौता रकम नपाएको भन्दै काठमाडौंमा आन्दोलन गरिररहेका उखु किसानहरुलाई माघ ७ गतेभित्र सबै भुक्तानी दिने समझदारीमा सरकार र उखु किसानले हस्ताक्षर गरेका छन् ।

माघ ७ भित्र सबै भुक्तानी दिलाउने समझदारीपछि उखु किसानको आन्दोलन स्थगित

शुक्रबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा भएको वार्तामा ५ बुँदे समझदारी भएपछि किसानहरु आन्दोलन स्थगित गर्न सहमत भएका छन् । समझदारीको अन्तिम बुँदामा काठमाडौंमा ध्यानाकर्षण गतिविधिहरु आजैबाट स्थगित गर्ने भनिएको छ । समझदारीमा संघर्ष समितका सचिव हरिश्याम राय र मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले हस्ताक्षर गरेका छन् । किसान राजेश यादवले मन्त्रीको आश्वासनपछि आन्दोलन स्थगित गरेको बताए । '७ गतेसम्म पैसा पाइएन भने ८ गतेदेखि हामी धर्नामा बस्छौै,' यादवले भने ।

समझदारीमा उखु किसानका समस्या तथा उखु खरिद र भुक्तानी दिने प्रणालीलाई स्वचालित बनाउन मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला, चिनी उद्योगी, किसान र विज्ञ रहेको कार्यदल बनाउने पनि उल्लेख गरिएको छ ।

अन्नपूर्ण र महालक्ष्मी लगायतका उखु मिलले किसानको करोडौं रकम भुक्तानी गरेका छैनन् । ४२ करोड बुझाउन बाँकी रहेका अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवालले आजै किसानको ५० लाख बुझाएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले बताएका छन् ।


प्रकाशित : पुस १८, २०७६ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?