म विरुद्ध झुटो आरोप लगाइयो : सासंद शाह

काठमाडौँ — कपिलवस्तु–३ का प्रतिनिधिसभाका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको थियो ।

म विरुद्ध झुटो आरोप लगाइयो : सासंद शाह

सासंद अभिषेक प्रतापले भने आफूविरुद्ध झुटो आरोप लगाएर राजनीतिक आडमा फसाउन खोजिएको भन्दै विज्ञप्ती सार्वजनिक गरेका छन् ।

आफ्ना ड्राइभर शशीकान्त कश्यप र स्थानीय युवा श्याम मिश्राबीचको झडपमा उनले दुवैलाई छुट्याएको बताएका छन् । आफू गत डिसेम्बर ९ देखि घरमै आराम गरेर बसेको विज्ञप्तीमा उल्लेख गरेका छन् । मुद्दा दर्ता भए त्यसको प्रतिवाद गर्न जिल्ला अदालतमा हाजिर हुने समेत उनले बताएका छन् ।

याे पनि पढ्नुहाेस्:

सांसद शाहलाई पक्राउ गर्न अदालतको अनुमति


प्रकाशित : पुस १८, २०७६ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?