कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वगोर्खा सैनिकले भर्ती रोक्ने

काठमाडौँ — समान कामका लागि समान ज्याला मागी आन्दोलन गर्दै आएको पूर्वगोर्खा सैनिकहरूको संयुक्त सत्याग्रह संघर्ष समितिले माग पूरा नभएसम्म बेलायती फौजमा नेपाली जवानको भर्तीमा रोक लगाउने घोषणा गरेको छ ।

वार्ताका लागि समिति गठन गर्न नेपाल र बेलायतका दुवै सरकारलाई अल्टिमेटम दिए पनि सुनुवाइ नभएको भन्दै संघर्ष समितिले नयाँ भर्ती रोक्ने निर्णय गरेको हो ।


बेलायत सरकारले आउने साता पोखरामा गोर्खा रेजिमेन्टका लागि नेपाली युवालाई भर्ती गर्दै छ । ‘माग पूरा नभएपछि भर्ती अभियानलाई रोक्ने निर्णयमा पुगेका हौं,’ संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले भने । समान पेन्सन नदिएको भन्दै पूर्वगोर्खाले बेलायत सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित : पुस १९, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?