२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्छ : नेता पौडेल

रासस

चितवन — कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग शनिबार कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताए ।

पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्छ : नेता पौडेल

उनले भने, ‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन, मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरु टुङ्गो लगाउनुपर्छ, अनिमात्र पार्टी एक हुन्छ ।'


उनले पार्टीमा छलफल र सल्लाह गरौँला भन्दाभन्दै सभापतिले एकलौटी गरेको आरोप लगाए । पौडल समूहको बहिष्कारबीच कांग्रेस केन्द्रीय समिति बैठकले एक वर्ष म्याद थप गर्दै १४औँ महाधिवेशनको मिति तोकेको थियो ।


पार्टीमा देखिएको समस्या समाधानका लागि आफूले पेस गरेका ९ बुँदे एजेन्डामा छलफल नगरी एकलौटी निर्णय गरिएको उनले बताए । उनले जीवन्त पार्टीमा साना ठूला विवाद भने भइरहने बताए ।


नेतृत्वको असक्षमताका कारणले नै बलियो प्रतिपक्षको भूमिका खेल्न नसकिएको पौडेलले बताए । देशलाई भ्रष्टचारमुक्त र कांग्रेसलाई विकृति मुक्त बनाउनुपर्ने उनको धारणा छ ।

प्रकाशित : पुस १९, २०७६ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?