२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

हवाईफायर गरेर ४ गाँजा तस्कर पक्राउ

प्रताप विष्ट

हेटौडा — प्रहरीले पुर्वपश्चिम राजमार्गमा हवाईफायर गरेर ५३ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

हवाईफायर गरेर ४ गाँजा तस्कर पक्राउ

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला पुर्वी चम्पारण कुडुवा चैनपुर बारवा बस्ने ३७ वर्षीय दिलिप कुमार सिंह, मोतिहारी रघुनाथपुर बस्ने १८ वर्षीय उज्जल कुमार ठाकुर, रौतहटको यमुनामाई गाउँपालिका—४ का २४ वर्षीय विकास सिंह र मकवानपुरको राक्सिराङ गाउँपालिका—५ का ३५ वर्षीय राजकुमार मोक्तान छन् ।


पुर्व पश्चिम राजमार्गको सडक खण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका—१५ स्थित रातोमाटे चेक प्वाईन्टबाट ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुश्वाहाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

टोलीले हेटौंडाबाट पथलैयातर्फ जादै गरेको डिएल ३ सिएक्यु ४१७२ नम्बरको भारतीय कारलाई रोकी चेक गर्न खोज्दा भागेको थियो ।


कारलाई पछ्याउने क्रममा कारमा सवार मानिसहरु भाग्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको एसपी राठौरले जानकारी दिए । कारमा फल्स बटम बनाई लुकाई राखिएको ३२ किलो लागुऔषध प्रहरीले बरामद गरेको थियो ।


यसैगरी, शुक्रबार राती नै मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका—१५ रातोमाटे र चुरियामाईको जंगलबाट मकवानपुरका मोक्तानलाई पक्राउ गरिएको छ ।उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुश्वाहाको कमाण्डमा खटिएको टोलीले २१ किलो गाँजासहित पक्राउ गरेको हो ।


मनहरीबाट विरगंजतर्फ जाादै गरेको बा ५ ख ७२६८ नम्बरको ट्रकमाथी शंका लागि पिछा गर्दै उनलाई पक्राउ गरेको हो । पक्राउ परेका ४ जनासहित ट्रक र कारलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही भइरहेको प्रहरी उपरिक्षक राठौरले वताए ।

प्रकाशित : पुस १९, २०७६ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?