२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

राजपाले तय गर्‍यो राष्ट्रियसभा उम्मेदवार

जयसिंह महरा

काठमाडौँ — राष्ट्रिय जनता पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । राजपाले प्रदेश २ बाट राष्ट्रियसभामा मृगेन्द्रसिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिएको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

राजपाले तय गर्‍यो राष्ट्रियसभा उम्मेदवार

शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले वरिष्ठ उपाध्यक्ष मृगेन्द्रसिंह यादवलाई राष्ट्रियसभा उम्मेदवार बनाउने निर्णय गरेको हो । उनलाई अन्य समूहबाट उम्मेदवार बनाइएको हो ।


त्यस्तै, शेखरकुमारलाई भने अल्पसंख्यकको समूहबाट उम्मेदवार बनाउन लागिएको यादवले जानकारी दिए । राजपाले प्रदेश २ बाट मात्रै राष्ट्रियसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको पनि उनले जानकारी दिए ।


प्रदेश २ मा खाली हुन लागेका राष्ट्रियसभाका ४ सिटका लागि राजपा र नेकपाले गठबन्धन गरेका छन् । दुवै पार्टीले २-२ सिट बाँडेका हुन् । यो प्रदेशमा प्रतिपक्षी कांग्रेस र समाजवादी पार्टीले पनि चुनावी गठबन्धन घोषणा गरेका छन् ।


प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ बाट नेकपा-राजपा गठबन्धन निर्वाचित हुने सम्भावना बलियो । यो प्रदेशमा यी दुई पार्टी मिल्दा स्वतः बहुमत पुग्छ ।


नेपाली कांग्रेसले शनिबार र नेकपाले शुक्रबार नै राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

यो पनि पढ्नुहोस्ः

नेकपाले टुंग्यायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार, सचिवालयबाट नारायणकाजी [नामावलीसहित]

कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका लागि १४ उम्मेदवार (नामावलीसहित)

प्रकाशित : पुस १९, २०७६ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?