कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

 समाजवादीबाट राष्ट्रियसभामा पासवानलाई निरन्तरता

काठमाडौँ — समाजवादी पार्टीले राष्ट्रियसभामा प्रदेश–२ बाट रामप्रित पासवानलाई नै उम्मेद्वार बनाउने भएको छ ।

 समाजवादीबाट राष्ट्रियसभामा पासवानलाई निरन्तरता

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न शनिबार बसेको समाजवादी पार्टीको बैठकले दुई वर्षे कार्यकाल सकिन लागेका राष्ट्रियसभा सदस्य रामप्रित पासवानलाई नै उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महामन्त्री रामसहायप्रसाद यादवले जानकारी दिए । उनलाई दलित समूहबाट उम्मेदवार बनाउन लागिएको हो ।

राष्ट्रियसभाका लागि कांग्रेससँग गठबन्धन गरेको समाजवादीले प्रदेश–२ मा २ सिटमा उम्मेदवारी दिने भएको हो । दोस्रो उम्मेद्वार छनोट गर्ने जिम्मा भने अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ ।

प्रदेश–२ मा नेकपा र राजपाले पनि गठबन्धन गरेका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि माघ ९ गते मतदान हुने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । जसका लागि आइतबार उम्मेद्वारको मनोनयन दर्ता गर्ने मिति तय गरिएको छ ।

याे पनि पढ्नुहाेस् :

राजपाले तय गर्‍यो राष्ट्रियसभा उम्मेदवार

प्रकाशित : पुस १९, २०७६ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?