हिउँ पर्‍यो चन्द्रागिरीमा

काठमाडौँ — उपत्यका आसपासका पहाडमा शनिबार हिउँ परेको छ । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाडहरुमा हिउँ परेको हाे । चन्द्रगिरी डाँडामा हिउँ परेपछि हिउँ खेल्न जानेको संख्या बढेको छ ।

हिउँ पर्‍यो चन्द्रागिरीमा

हिउँ खेल्न बालबालिका, युवायुवतीका साथै विदेशी पर्यटकहरुको समेत भीड लागेको छ । चन्द्रागिरीमा हिउँ खेल्न पुगेका साङहाङ लावतीले बिदाको दिन रिफ्रेसमेन्ट र बच्चाहरुका लागि राम्रो ठाउँ भएको बताए । तीन पटक चन्द्रागिरी पुगेको बताउने लावतीले पहिलेभन्दा शनिबार निकै भीड बढेको बताए ।

चन्द्रागिरीमा हिउँ परेपछि हिउँ खेल्न जानेहरुको भिड निकै बढेको चन्द्रागिरी पुगेको हिल्सका म्यानेजर अभिषेकविक्रम शाहले बताए । शुक्रबारबाट पश्चिमी वायुका कारण चिसो बढ्दै गएपछि उपत्यकामा पानी परेसँगै चन्द्रागिरी, फूलचोकी र शिवपुरी लगायतका डाँडामा हिउँ परेको हो ।

प्रकाशित : पुस १९, २०७६ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?