१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

तीन इन्जिनियर १९ लाख घूससहित पक्राउ

सिरहा — सडक डिभिजन कार्यालय सिरहाका निमित्त प्रमुख विनोद साहसहित तीन इन्जिनियर १९ लाख रुपैयाँ घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले लहानबाट शुक्रबार उनीहरूलाई घूस रकमसहित पक्राउ गरेको हो ।

तीन इन्जिनियर १९ लाख घूससहित पक्राउ

निमित्त डिभिजन प्रमुख विनोद साह कार्यालय प्रमुखको आवासबाट ३ लाख र सिरहा डिभिजनकै इन्जिनियर नवीनकुमार साह र सब–इन्जिनियर वीरेन्द्रकुमार साह कर्मचारी आवास गृहबाट १५ लाख ९६ हजार रुपैयाँ घूससहित पक्राउ परेको आयोग मुख्यालयद्वारा शनिबार राजधानीबाट जारी विज्ञप्तिमा उल्लेख छ ।


दुवै टोलीले रुपनी–राजविराज–कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी दिने क्रममा ठेकेदारलाई बाध्य पारी घूस लिएका थिए । तीनै जनालाई हिरासतमा लिएर भ्रष्टाचार मुद्दा दायर गर्नका लागि आवश्यक छानबिन भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित : पुस १९, २०७६ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?