१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कृषि विकास बैंक ह्याकिङमा संलग्न थप एक पक्राउ

काठमाडौँ — कृषि विकास बैंक ह्याकिङ प्रकरणका एक आरोपीलाई महानगरीय प्रहरी अपराध महाशाखा टेकुले पक्राउ गरेको छ । अनुसन्धानको क्रममा ह्याक गरेर निकालेको एक करोड रपैयाँसहित फरार रहेका मोरङ, रंगेली नगरपालिका-२ का दीपक नेपाललाई महाशाखाले पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरेको छ ।

कृषि विकास बैंक ह्याकिङमा संलग्न थप एक पक्राउ

नाइजेरियन र भारतिय नागरिकहरुसँग लामो समयदेखि भारतको मुम्बई साथै नेपालमा नै बसी यहाँका विभिन्न बैंक तथा वित्तिय संस्थाहरूबाट रू.५ अर्ब (५० मिलियन डलर) भन्दा बढी रकम ह्याक गर्ने योजना अन्तर्गत कृषि विकास बैंकको सिस्टम ह्याकिङ गरी उक्त गिरोहले पैसा निकालेको थियो । उक्त प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले असोज ७ गते १२ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो ।


पक्राउ पर्नेमा नुवाकोट मेघाङका लवाङ तामाङ, रसुवा नौकुण्ड घर भएका लक्ष्मी लामा तामाङ, निर्मला तामाङ र निमा तामाङ, काठमाडौं काभ्रेस्थलीका संजय घले, सर्लाही हरिवनका पुष्पराज खड्का, लमजुङ दोर्दी गाउँपालिकाका विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका-९ का श्रवणकुमार श्रेष्ठ, भारत कोलकत्ताका शुबन्‍कर पन्जा, कैलाली भजनी नगरपालिका-३ का विजय शाह र चन्द्रबहादुर बुढा रहेका थिए ।


महाशाखाका अनुसार भारतको मुम्बईमा बस्ने काले भन्ने पिटरले नेपालीहरुलाई सर्म्पक गरी बैंक तथा वित्तिय संस्थाको रकम निकाल्ने काममा प्रयोग गरेका थिए । पिटरले अवैध रुपमा बैंकको रकम झिक्ने काममा संग्लनहरुलाई मुम्बई नै बोलाएर काम सिकाएको र पैसा निकाले वापत कमिसन दिने गरी काममा लगाएको बुझिएको थियो । महाशाखाका अनुसार रकम निकालेर भारत पठाउनेहरुलाई १५ देखि ३५ प्रतिशत कमिशन दिने गरी काममा लगाएको देखिएको थियो ।


महाशाखाका अनुसार हृयाकरको समुहले कृषि विकास बैंकको विभिन्न शाखाकाबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ अवैध रुपमा झिकिएको जनाएको थियो । त्यस्तै नयाँ बानेश्वरमा रहेको पानस रेमिटबाट भने १२ लाख रुपैयाँ प्राविधिक छिद्रको फाईदा उठाई झिकिएको देखिएको थियो ।


प्रकाशित : पुस २०, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?