कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१२२ चिनियाँको अनुसन्धान सकेर प्रहरीले जिप्रका काठमाडौंमा बुझायो, प्रशासनमा बयान हुँदै

मातृका दाहाल

काठमाडौँ — प्रहरीले पुस ७ गते मनमैंजु, बाँसबारी र बूढानिलकण्ठबाट पक्राउ गरेको १ सय २२ जना चिनियाँ नागरिकलाई अभद्र व्यवहार गरेको कसुरमा अनुसन्धान सकेर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएको छ ।

१२२ चिनियाँको अनुसन्धान सकेर प्रहरीले जिप्रका काठमाडौंमा बुझायो, प्रशासनमा बयान हुँदै

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ परेका सबै चिनियाँलाई सरकारी वकिल कार्यालय मार्फत प्रशासनमा बुझाएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले प्रहरीले अनुसन्धान सकेर चिनियाँहरुलाई बुझाएको र यसबारे थुनछेक बहस भइरहेको बताए ।


‘अभद्र व्यवहार गरेको कसूरमा अनुसन्धान सकेर चिनियाँलाई हाम्रो जिम्मा लगाइएको छ,’ प्रजिअ दाहालले कान्तिपुरसँग भने, ‘थुनछेक बयान जारी छ, कसुर देखिए त्यही अनुसार सजाय हुन्छ ।’ तर काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीले पक्राउ परेका चिनियाँले नेपालमा अध्यागमन कानुन उल्लंघनबाहेक अन्य अपराध गरेको नभेटिएको बताए । बोगटीले अब प्रक्रिया पुर्‍याएर चिनियाँलाई उनीहरुकै देश फिर्ता पठाउने सम्भावना रहेको बताए ।



प्रकाशित : पुस २०, २०७६ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?