चितुवाको आक्रमणबाट बालकको मृत्यु

प्रताप रानामगर

दमौली — चितुवाको आक्रमणबाट तनहुँको आबुखैरेनीमा आइतबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर रहेको इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए । 

रानागाउँस्थित सूर्योदय आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत उनी आइतबार साँझ चितुवाको आक्रमणमा परेका हुन् ।


घरको पूर्व दुईसय मिटर भीरमा उनी मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । चितुवाको आक्रमणबाट बालकको मृत्यु भएपछि रानागाउँमा त्रास फैलिएको छ ।

प्रकाशित : पुस २०, २०७६ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?