कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पारामिताले फेसबुकमा माफी माग्दै भनिन्- 'कार चालकले मादक पदार्थ सेवन गरेका थिए' 

बूढानीलकण्ठ दुर्घटना

काठमाडौँ — मंसिर २८ गते बिहान बूढानीलकण्ठमा पैदलयात्री लीला देवकोटालाई ठक्कर दिई मार्ने कारमा सवार रहेको भनिएकी मोडल पारामिता राज्यलक्ष्मीले घटना भएको २६ औं दिनमा माफी मागेकी छन् ।

पारामिताले फेसबुकमा माफी माग्दै भनिन्- 'कार चालकले मादक पदार्थ सेवन गरेका थिए' 

पारामिताले फेसबुकमा लामो स्ट्याटस लेख्दै सो दिन कारचालक पृथ्वी मल्लले मादकपदार्थ सेवन गरेर गाडी चलाएको स्वीकारेकी छन् । उनले सो घटनाप्रति दु:ख व्यक्त गर्दै आफू सो दुखद घटनाको अंग बन्नु परेकोमा स्तब्ध रहेको उल्लेख गरेकी छन् ।

'पहिला त म सबैसँग क्षमाप्रार्थी छु। हामी चारजनाको वेवकुफीले एकजना निर्दोषको ज्यान गएको छ । त्यो दिन भएको घटना सत्य नहोस् र मात्र एउटा नराम्रो सपना होस् भन्ने मेरो चाहना छ, तर दुर्भाग्य म पनि त्यही कारमा सवार थिएँ । आफ्नो कुरा राख्न यति ढिला गरेकोमा म फेरि पनि माफि माग्न चाहन्छु,' उनले स्ट्याटसमा लेखेकी छन् ।

पैदलयात्रीलाई ठक्कर दिने कारमा सवार रहेका दाबी गरिएकाहरु चालक पृथ्वी (दायाँबाट दोस्राे) का साथमा, परमिता राताे काेटमा

यस्तै उनले आफूसँग मादकपदार्थ सेवन गरेका व्यक्तिले चलाएको उक्त गाडी नचढ्ने विकल्प हुँदाहुँदै पनि चढेर जीवनको ठूलो गल्ती गरेको र त्यसबाट सदाका लागि पाठ सिकेको बताएकी छन् ।

बूढानीलकण्ठ नगरपालिका–५ स्थित बूढानीलकण्ठ स्कुलनजिकै सडकपेटीमा हिँडिरहेकी बारपाक गाउँपालिका–८ गोरखाकी लीला देवकोटालाई मंसिर २८ गते शनिबार बा १४ च ६१२३ नम्बरको सुजुकी कारले ठक्कर दिएको थियो। देवकोटालाई तत्कालै बाँसबारीस्थित न्युरो अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

कारचालक मल्ल हाल प्रहरी हिरासतमा नै छन् । उक्त दुर्घटनाको महाराजगञ्ज प्रहरीले वृत्तले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : पुस २३, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?