रुकुम पश्चिममा जिप दुर्घटना : १२ जना घाइते

हरि गौतम

रुकुम पश्चिम — रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । डोल्पाको खदाङबाट रुकुम पश्चिमको गोतामकोटतर्फ आइरहेको ग १ ज ५२०१ नम्बरको जिप बुधबार दुर्घटना भएको हो । 

रुकुम पश्चिममा जिप दुर्घटना : १२ जना घाइते

घाइतेमध्ये ३ जनाको अवस्था जटिल छ । जिपमा १३ जना यात्रु रहेको प्रहरीले बताएको छ ।

डोल्पाको मुड्केचुला गाउँपालिका–७, का २३ वर्षीय राज बुढा, १८ वर्षीय आर्यन बुढा र डोल्पा ठूलीभेरी नगरपालिका–५, का ५२ वर्षीय चन्द्रबहादुर रोकाय सख्त घाइते भएका छन् ।

बुधबार बिहान १० बजे जाजरकोट–डोल्पा सडकखण्डको मनका बगरमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । आठबीसकोट नगरपालिका–६, को मनकाबगरमा ब्रेक फेल भई दुर्घटना हुँदा जिप सडकभन्दा ६०/७० मिटर तल रहेको ठूलीभेरी नदीको किनारमा परेको छ ।

घाइते सबैलाई उपचारका लागि आठबीसकोट नगर अस्पतालतर्फ ल्याइरहेको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक कविराज रोकायले बताए । गाडी चालक तिलक विक भने फरार रहेको उनले जानकारी दिए ।

प्रकाशित : पुस २३, २०७६ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?