१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

१२२ चिनियाँलाई पठाइँदै

काठमाडौँ — अध्यगमन विभागले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई बुधबार ‘डिपोर्ट’ गर्ने भएको छ । उच्च प्रहरी सतर्कताका साथ उनीहरुलाई विमानस्थल लगिएको छ । उनीहरुलाई ‘चाइना इष्टर्न’ को जहाजबाट साँझ चीन फर्काइने अध्यागमन स्रोतले जानकारी दिएको छ ।

१२२ चिनियाँलाई पठाइँदै

चिनियाँहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले पुस ७ गते मनमैंजु, बाँसबारी र बूढानीलकण्ठका १० वटा घरमा छापा मारेर पक्राउ गरेको थियो ।


गैरकानुनी अनलाइन कारोबार, साइबर र सीमापार अपराधको आशंकामा पक्राउ परेका चिनियाँविरुद्धको कसुर पुष्टि नभएपछि स्थानीय प्रशासनले आइतबार ‘अभद्र व्यवहार’ मा जनही एक हजार रुपैयाँ जरिवाना गराएको थियो ।

दुई साता लामो अनुसन्धानमा चिनियाँले अध्यागमन कानुन उल्लंघनबाहेक अर्को अपराध गरेको नभेटिएपछि अभद्रमा जरिवाना असुल गरेर उनीहरूलाई नेपालबाट चीन फिर्ता गर्नका लागि अध्यागमन विभागको जिम्मा लगाइएको थियो । अध्यामगनले पनि उनीहरुलाई चार वर्ष नेपाल आउन प्रतिबन्ध लगाउँदै हजार र केहीलाई २ हजारका दरले जरिवाना गरेको थियो ।


डिपोर्ट गरिएका चिनियाँहरुको सामान विमानस्थलमा ।


तस्बिरहरु : अंगद ढकाल/कविन अधिकारी/हेमन्त श्रेष्ठ

प्रकाशित : पुस २३, २०७६ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?