कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अख्तियारद्वारा एकैदिन ७ जनाविरुद्ध मुद्दा दायर

रासस

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग तथा प्रहरी निरीक्षकलाई नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा ७ जनाविरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । 

अख्तियारद्वारा एकैदिन ७ जनाविरुद्ध मुद्दा दायर

आयोगले सप्तरीको महादेवा गाउँपालिका–६ का वडासचिव नवोनाथ मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी जवान सरोजकुमार यादव, कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक चन्द्रसिंह खत्री, उनका सहयोगीद्वय टङ्कप्रसाद चौलागाईं र गङ्गाराज शाही तथा स्याङ्जा वालिङ नगरपालिका–८ का चौपाया व्यापारी जहरुदिन तेलीविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।


तत्कालीन वडा सचिव मिश्रलाई दुई लाख रुपैयाँ सेवाग्राहीसँग घुस लिएको, प्रहरी जवान यादवले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिन रु १५ हजार असुलेको, खत्री, चौलागाईं र शाहीले उत्तर पुस्तिका परिवर्तनका साथै परीक्षाको गोपनीयता भङ्ग गरेका तथा तेलीले गोरु व्यापारमा सघाउन प्रहरी निरीक्षकलाई घुसबापत रु १५ हजार उपलब्ध गराएको आरोप छ ।


अख्तियारले घुसबापत दिए लिएको बिगो रकम जफत हुनुपर्ने माग दाबीसहित आरोपपत्र दायर आयोगले जनाएको छ ।

प्रकाशित : पुस २३, २०७६ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?